astrokhemmishra@gmail.com | 9767678383

जन्म कुण्डली निर्माण(Horoscope Preparation)

  •  विस्तृत जन्म विवरणका आधारमा जन्म कुण्डली निर्माण ।
  • बैदिक पद्दतिमा आधारित ठूलो एवम् आकर्षक जन्म कुण्डली निर्माण ।
  • जन्म कुण्डली राख्ने आर्कषक थैली(हाते झोला) सहित उपलब्ध हुने ।
  •  जन्म कुण्डली निर्माण पछि त्यसको विस्तृत विश्लेषण र भविष्यवाणी ।

नोटः तपाईले दिएको जन्म मिति, जन्म समय र जन्म स्थानको आधारमा जन्म कुण्डली निर्माण गर्ने छु । जन्म कुण्डली निर्माण पछि तपाईलाई व्यक्तिगत परामर्श दिने छु, जसले गर्दा तपाईका प्रश्नहरुको उत्तर र जीवनलाई सकारात्मक बनाउन मद्दत गर्ने छ । 
 

बिवाहका लागि कुण्डलि मिलान (Horoscope matching for marriage)

  • बिवाहका लागि केटा र केटीको जन्मकुण्डलीको विस्तृत अध्ययन ।
  • बिवाहका लागि आवश्यक सम्पूर्ण अष्टकुट (गुण) मिलान । 
  • बिवाहका लागि हेर्ने पर्ने द्विद्वदश योग, नवपंचक, षडाष्टक योग बिचार । 
  • बैवाहिक जीवन पूर्ण रुपमा सफल बनाउन आवश्यक उपायहरु ।

नोटः कुण्डली मिलानको मुख्य उदेश्य भनेको जीवनसाथीको चयनमा सही निर्णय लिन मद्दत गर्नु हो । यो प्रकृया न केवल दाम्पत्य जीवनलाई सफल बनाउँछ, तर यसले जीवनका बिभिन्न पक्षहरुमा स्थिरता र खुसी ल्याउँछ । राम्रो संग मिलन भएका जोडीहरुको जीवनमा सामान्यतया कम संघर्ष र बढी सामञ्जस्यता हुन्छ । सहि ढंगले कुण्डलि मिलान नगरि बिवाह गरेको जोडिको जीवनमा अनेक समस्याहरु आईरहेको हुन्छ । तपाई पनि म संग प्रत्यक्ष भेटेर वा अनलाईनबाट कुण्डली मिलान गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुने छ । 
 

तपाईले म संग सेवा लिनुका फाईदाहरु

  • जन्म कुण्डलिबाट आफ्नो सम्पूर्ण भविष्य थाहा पाउनु हुने छ ।
  • तपाईको जिवनका सम्पूर्ण कठिन र सरल समय थाहा पाउनु हुने छ । 
  • तपाईले आफ्नो शारिरीक, मानसिक, सामाजिक अवस्था बारे थाहा पाउनु हुने छ ।
  • आफ्नो जिवनको सम्पूर्ण वास्तविक आर्थिक अवस्था बारे थाहा पाउनु हुने छ ।
  • तपाईले गर्ने पराक्रम, दाजुभाई संगको सम्बन्ध र मेहनतको बारेमा थाहा हुने छ । 
  • तपाईको जीवनको भौतिक सुख, जमिन, गाडीवहान, आमाको बारेमा थाहा हुने छ ।
  • आफ्नो विद्या, सन्तान सुख, प्रेम जीवनको बारेमा सम्पूर्ण थाहा पाउनु हुने छ । 
  • दाम्पत्य सुख, व्यशायिक सुख, पाटनरसिप आदिको बारेमा थाहा पाउनु हुने छ । 
  • आफ्नोे जीवनमा लाग्न सक्ने रोग, घटना/दुर्घटना, ऋणको बारेमा थाहा पाउनु हने छ । 
  • तपाईको समग्र भाग्य, धर्म/कर्म, जागिर, व्यापार, बुबाको सुख बारेमा थाहा हुने छ ।
  • तपाईको आम्दानी, खर्च, वैदशिक योग, पारिवारीक सुखको बारेमा सम्पूर्ण जानकारी पाउनु हुने छ । 
     

कुण्डली मिलान

कुण्डली मिलान भनेको विवाहका लागि दुई व्यक्तिहरूको जन्म कुण्डलीहरूको तुलना गर्ने प्रक्रिया हो। यसमा, ज्योतिषाचार्यले दुवै पक्षको जन्म समय, स्थान र तिथिका आधारमा जन्म कुण्डलीको विश्लेषण गरेर दिमागी अनुकूलता, पारिवारिक जीवन, स्वास्थ्य, धन, र भविष्यका सम्भावनाहरूको मूल्याङ्कन गर्नुहुन्छ। यस प्रक्रिया मार्फत, सम्भावित जोडीको जीवनमा के कस्ता समस्याहरू आउन सक्दछन् र तिनीहरूका बीचको अनुकूलता कस्तो हुनेछ भन्ने कुरा पूर्वानुमान गरिन्छ।

न्यूजलेटर सदस्यता

हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस् र केहि पनि नछुटाउनुहोस्