astrokhemmishra@gmail.com | 9767678383

षष्ठो अध्याय – सतीदेवी यज्ञाग्नी प्रवेश वर्णन

                                                    श्री स्वस्थानी व्रत कथा
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि 
          एकदिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीसित भने स्– “ हे विरणी अश्वमेध यज्ञ गर्ने हाम्रो जुन इच्छा छ त्यसका निम्ति अब सामग्री जुटाउने उपाय गर । महादेव र सती बाहेक त्यस यज्ञमा अरु छोरी र ज्वाईंहरु व्रम्हा विष्णु र इन्द्र , ऋषि , यक्ष ,गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु समेतलाई निमन्त्रणा गर्न पठाउने काम पनि गर । ” आफ्ना पतिको यस्तो इच्छा र आफूलाई दिएको आज्ञा अनुसार दक्षपत्नी विरणीले यज्ञमा चाहिने सम्पूर्ण सामग्री जुटाइन् । अनि बोलाउनुपर्ने जतिलाई पतिको आज्ञा अनुसार निमन्त्रणा पठाइन् ।
          दक्षप्रजापतिका तेत्तीस कोटी छोरी र तेत्तीस कोटी ज्वाईंहरु नाना वस्त्रालंकार र गहना लगाई यज्ञमा हवण गर्नका निम्ति मणि माणिक्यादि नानाथरीका द्रव्य र कोशेलीहरु लिई आउन थाले । जस्तै नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच , पार्थ आदि गणले शोभायमान भएको शिवजीको सभामा जसरी शिवजीले शोभा पाउनुहुन्छ त्यसै गरी तेत्तीस कोटी छोरी र तेत्तीसकोटी ज्वाईं व्रम्हा , विष्णु , इन्द्र , ऋषि , यक्ष ,गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु समेत एकत्र भई मणिमाणिक्य रत्न नानाथरीका वस्त्र गरगहना पहिरिएर अनेक प्रकारका नाच , गीत , वाद्य गरी मङ्गलको पूर्ण कलशले सहितको दक्षप्रजापतिका यज्ञमा अवर्णनीय शोभा हुन गयो ।
          यसप्रकारको यज्ञको आनन्ददायी समयमा को को आए रु को को आएनन् रु भनेर नारद मुनि एताउती हेर्दै हिँड्न थाले । त्यहाँ उनले तेत्तीसकोटी देवता सहित व्रम्हा , विष्णु , इन्द्र , ऋषि , यक्ष , गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु सबैलाई देखे तर श्री महादेव र सतीदेवीलाई भने देखेनन् । “ कुनै पनि यज्ञ श्री महादेवजीको हाव्हानविना पूर्ण हुँदैन भने दक्षप्रजापतिको यज्ञ कसरी पूर्ण होला रु निमन्त्रणा गर्नु भुल्नुभयो वा पठाएको निमन्त्रणा पुगेन बिचार गर्नुपर्यो” भनी त्यहाँबाट अन्तध्र्यान भएका नारद मुनि तत्काल कैलाशका निम्ति प्रस्थान गर्दा भए । वहाँ श्री महादेवजी र सतीदेवी जुवा खेल्न लाग्नु भएको थियो । महादेवजीले सतीदेवीलाई भन्नुभयो । “ हे प्रिये आज हामी जुवा खेलौं । पासा ल्याऊ । ” सतीदेवीले पनि “हवस” भन्नुभयो । अनि पासा ल्याई शिव र सती जुवा खेल्न लाग्नुभयो । निकैवेर खेलेपछि सतीदेवीको जित भयो र सतिदेवीले श्री महादेवजीलाई गिज्याउन थाल्नुभयो । श्री महादेवजीलाई रिस उठ्यो र दाउमा झोली थाप्नुभयो । सतीदेवीले पासा हानेर त्यो पनि जित्नुभयो । झन् रिसाएका श्री महादेव प्रभुले त्रिशूल र डमरु थाप्नुभयो । त्यसमा पनि सतीदेवी कै जित भयो । त्यसपछि श्री महादेवले नागरुपी गहना दाउमा थाप्नु भयो तर त्यो पनि वहाँले हार्नुभयो । ठीक त्यसैबेलामा दक्षप्रजापतिका निम्तारु देवताहरु आ–फ्ना विमान चढी मीठामीठा वार्तालाप गर्दै आकाशमा उडिरहेका थिए । तिनीहरुलाई देखेर सतीदेवीले श्री महादेवजीसित सोध्न लाग्नुभयो स्–“ हे भुवनेश्वर ती विमानमा जानेहरु को हुन् रु आज्ञा हवस् ।” यस्ता सतीदेवीको कुरा सुनी “तिमीलाई के चासो पर्यो रु आफ्नो चाहिँदो धन्दा गर ।” भनी महादेवजीबाट आज्ञा भयो ।
          केहिछिनपछि महादेवजीले अलिअलि हाँस्दै आफ्नो मुकुट जुवामा थाप्नुभयो । उतिनै बेला पासा हानेर जितेर सतीदेवीले भन्नुभयो स्–“ हे स्वामी हजूरका सबैथोक मैले जितिसकेँ लौ अब के थापिबक्सन्छ रु” यो सुनी “लौ त आफ्नो अङ्ग नै जुवाको खालमा थाप्छु” भन्नुभएपछि सतीदेवीले भन्नुभयो स्–“ हे नाथ १ अघिपछि जहिले भएपनि हजूरको अङ्ग मेरै हो । मैले के जितिरहनु पर्ला र रु क्यै गरी मैले हारेँ भने त हजूरका अङ्गका सट्टामा कुन कुरा टक्र्याउँला रु यो सम्पूर्ण विश्व व्रम्हाण्डमा हजूरका अङ्गको सट्टामा दिने कुनैपनि बस्तु छैन । जुवामा हजुरको अङ्ग जितीजिती मैले आफ्नो बनाइरहने कामै छैन । त्यो शुभ लग्नका समयमा मेरा बाबा महतारीले तिल–कुश–जल सहितको मेरो हात हजूरको हातमा राखी कन्यादान दिएकै दिन हजूरको र मेरो अङ्ग एकआपसमा आफ्नै भइसकेको छ । हजूरको अङ्ग मेरै हो । मेरो अङ्ग हजूरकै हो । सतीदेवीका यी घतलाग्दा कुरा सुनेर श्री महादेवजीले प्रशन्न भएर हे सती १ तिमी धन्य रहिछौ भनी जुवा खेलिसकेर मीठामीठा वात मार्दै कैलाशपुरीमा रहनुभएको थियो । त्यसै बखतमा देवर्षि नारदजी पनि टुप्लुक्क आइपुगे र श्री महादेवजी र सतीदेवीका चरणमा शाष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भए ।
          श्री महादेवजी कस्ता थिए भने जटाको मुकुट गराई , बाघको छालालाई कम्मरमा पटुका झैं बाँधी , हात्तीको छाला ओढी , शरीरमा खरानी घसी , सर्पहरुलाई माला बाजू र बाला बनाई , नरमुण्डको माला लगाई , चन्द्रको मुकुट झलमल्ल गरी , शिरमा गङ्गा र सतीदेवीलाई काखमा लिई , कोटीकोटी सूर्यको जस्तो तेजले युक्त रही , भूत–प्रेत–नन्दी–भृङ्गी आदि द्वारमा राखी , आफू अग्ला आशनमा विराजमान हुनभएका श्री महादेवजी प्रभुलाई देख्नु भएका नारद मुनिले मनमा ठूलो आनन्द मानी बारम्बार प्रणाम गर्नुभयो ।
          आफ्नो स्वरुप हृदयमा राखेर हृदयमा भक्ति पुर्याउन सक्ने नारदजीको आफूमाथि भएको ठूलो भक्ति र प्रेम देखेर प्रशन्न हुनुभएका श्री महादेवजीबाट आज्ञा भयो स्–“ हे विणापाणि नारद १ तिमीदेखि म प्रशन्न भएँ , आफ्ना मनोकामना अनुसारको वर माग । ” यस्तो सुनेर हर्षले गद्गद् भएका श्री नार।दजी केही बोल्न नसकी खडा भइरहे । यो देखेर “ के कारणले आयौ नारद रु ” भनी श्री महादेवले सुध्याउनुभयो । त्यसपछि श्री नादजीले दुबै कर जोडी विन्ती गरे स्–“ हे प्रभु  मेरो चित्त हजूरका ध्यानमा सदासर्वदा लागिरहोस् । यही एकमात्र वर माग्छु । हे परव्रम्ह अब म यहाँ आउनाका कारणको निवेदन गर्दछु । हे प्रभु दक्षप्रजापतिका घरमा हुन लागेको अश्वमेध यज्ञमा स्वर्ग , मत्र्य र पाताल तीनै लोकका देवता, ऋषि , नाग , अष्टवसु , दशदिक्पाल , व्रम्हा , विष्णुसहित सबै स्त्रीपुरुषहरु आएका छन् । त्यो यज्ञशालामा गई प्रदक्षिणा गरी हेर्दा जगतका मातापिता तपाईंहरु दुबैलाई मैले देखिन । अरु सबै देवताहरु आ–आफ्ना अङ्गसहित भएर खानपिन गरी आनन्द मनाइरहेका छन् । यज्ञका मूख्य स्वामी तपाईंलाई किन निम्तो भएन रु यस कुरामा मेरा मनमा ठूलो विष्मय उठेकोले यो कुरा विन्ती विसाउन आएको हुँ । हे शंकर  हे सती तपाईंहरुलाई त्यहाँ नडाकेको अर्थ मैले केही नबुझेकोले यो विन्ती विसाएको छु ।”
नारदका कुरा सुनी सतीदेवीले आफ्नो ठूलो अपमान ठानी त्रैलोक्यनाथ श्री महादवजीसित दुःख पोख्न लाग्नुभयो । “ हे प्रभु हे जगदीश्वर मेरा बाबा दक्षप्रजापतिले व्रम्हा , विष्णुसहित तेत्तीसकोटी देवता ऋषि , यक्ष , गन्धर्व , किन्नर , नाग , अप्सरा , दैत्य , अष्टवसुआदि र मेरी बहिनीहरु र तिनका पतिहरु सहित दशदिक्पालहरु सबैलाई डाक्दा हामी दुईलाई मात्र किन डाकेनन् रु ” यस्तो विन्ती गर्दै सतीदेवीले आँखाबाट भलकभलक आँसु खसाउन थाल्नुभयो । यस्ता रीतले गरेको सतीदेवीको विलाप सुनी श्री महादेवजीले सम्झाउन लाग्नुभयो स्–“ हे प्रिये १ मनमा कत्ति पनि पीर नलेऊ । किनभने तिमी नरुचाएकी छोरी र म मननपरेको ज्वाईं । डाकेनन् त अब कसो गरुँ रु यस कुरामा तिमीले आफ्नो अपमान भएको नठान । जान देऊ यस्ता कुरा १ तिम्रो म छँदैछु । कुनै संदेह नगर । त्यसको यज्ञमा गएर हामीले के पाउनु छ  ”
          श्री महादेवजीले यसरी सम्झाउँदा पनि सतीदेवीले नमानी धेरै नै ढिपी गरी पतिका पाउमा परी विन्ती गर्न लाग्नुभयो “ हे स्वामी १ आज्ञा पाए नारदका साथ लागी गएर यज्ञशाला एकपटक हेरेर मात्र भएपनि फर्की आउने थिएँ । ” यो सुनी श्री महादेवजीले फेरि सम्झाउन थाल्नुभयो “ हे प्रिये १ किन यत्ति साह्रो हत्ते र हठ गरेकी रु तिमी आफ्नो विशेष मानमा रहेकी छ्यौ । वहाँ गएपछि तिम्रो अपमान होला । मन दुख्ला । जाने काम नगर ।” यसरी सम्झाउँदा पनि नमानी नारदजीका साथ लागी सतीदेवी जानुभयो ।
          अनि दक्षप्रजापतिका यज्ञमा पुग्नुभयो र आफ्ना बाबामहतारीलाई ढोगी यज्ञका चारैतिर आँखा पुर्याउनुभयो । त्यो यज्ञको चहलपहल र सबै आफन्तहरुका चालामाला देखी मनमा धेरै औडाहा लिएर सतीदेवीले आँखाबाट आँसु झार्दै भन्नुभयो स्–“ हे बाबाआमा १ तपाईंहरुको यत्रो ठूलो यज्ञमा किन हामीलाई खबर दिनु भएन रु म चाहीँ तपाईंहरुकी छोरी होइन कि कसो रु मेरो विराम के थियो रु मेरा पतिले के विराम गर्नुभयो रु व्रम्हा , विष्णु र इन्द्र आदि तेत्तीसकोटी देवता ऋषि , यक्ष , गन्धर्व, किन्नर , नाग , अप्सरा , दैत्य , अष्टवसुआदि र मेरी बहिनीहरु र तिनका पतिहरु सहित दशदिक्पालहरु सबैलाई डाक्दा हामी दुईजनालाई मात्र किन डाक्नुभएन र ”
          सतीदेवीले फेरि दक्षप्रजापतिसँग भन्नुभयो स्–“फेरि यत्रो ठूलो यज्ञका मूल स्वामी श्री महादेवजी नभएको यज्ञको पूर्णाहूति कसरी होला रु यज्ञका फलदाता नै श्री महादेवजी होइबक्सन्छ । सम्पूर्ण देवताहरुका नायक पनि वहाँ नै अनि सृष्टि , स्थिति र संहाकर्ता पनि वहाँ नै होइबक्सन्छ । हे पिता १ श्री महादेवजीको आवाहन नभैकन गरेको यज्ञबाट कुनै धर्म हुँदैन । यज्ञकर्ता मालिकविनाको यस्तो अशुद्ध यज्ञ किन गर्नुभयो र यसबाट तपाईंको भलो हुनेछैन । यसकारण श्री महारुद्र प्रभुलाई झट्टै डाक्ने काम होस् । अनिमात्र यज्ञ सफल होला । फल मिल्ला । हे पिता १ शंकर नभै कुनैपनि यज्ञ पूर्ण हुँदैनन् । यस व्रम्हाण्डका दुईवटा शंकर छन् र रु तपाईंले कुनै एउटालाई मात्र बोलाएको हो की रु म ता एकमात्र शंकर हुनुहुन्छ भन्ने ठान्दछु । जो अहिले कैलाशमा नै हुनुहुन्छ ।”
          सतीदेवीका मुखबाट यस्ता वचन सुनी दक्षप्रजापतिले भने स्–“ हे छोरी  तेरो पति महादेव यो यज्ञमा राख्न योग्यको नभएकोले मैले डाकिन । यस कुरामा तँ दुःख नमान् । हे पुत्री  तँबाट कुनै अपराध भएको छैन । विवाह हुनुअघि तैंले हाम्रो धेरै हेरचाह गरेर हामीलाई खुशी तुल्याएकी थिइस् । तापनि तेरा स्वामीका कारणले तँलाई डाक्न नपठाएको हुँ । सृष्टि गर्ने , स्थिति गर्ने अनि संहार गर्ने र यज्ञको समस्त फल दिने पनि श्री महादेव हुन् भन्ने जुन तेरो भनाइ हो त्यो ठीक कुरा होइन । महादेव ता वौलाहा हो । सृष्टिकर्ता व्रम्हा र स्थिति र संहारकर्ता नारायण हुन् । यज्ञका फलदाता पनि नारायण हुन् । त्यो महादेव देवता होइन । त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला रु यसकारण तेरा स्वामीलाई म कसैगरी भएपनि डाक्ने छैन । व्रम्हा , विष्णुजस्तादेखि लिएर सम्पूर्ण तेत्तीसकोटी देवताहरु यहाँ आएका छन् भने मेरो यज्ञ कसरी निष्फल हुन्छ रु त्यो महादेव आएर के वर देला र”  यस्ता प्रकारले आफ्ना पिता दक्षप्रजापतिका मुखबाट जगदीश्वर आफ्ना स्वामी श्री महादेवजीको सहन नसकिने , भन्न नहुने , सुन्न नहुने क्षुद्र वचन र निन्दा गरेको सुनी सतीदेवीले घोरअपमान सहन गर्न नसकी लाललाल नेत्र पारी सर्पले फणा लिए झैं सुस्केरा हाली , दाह्रा किटी , रिसले उठेर भूइँमा लात्ताले हानी यज्ञतिर हेरी छत्तीमा मुड्कीले हानी “ हे शिव १ हे शिव ११ हे शिव १११ ” भन्दै श्री महादेवजीको नाउँ लिई यज्ञकुण्डमा फाल हाली प्राण त्याग्नुभयो र पर्वतराज हिमालयकी पत्नी मेनकाका गर्भमा गएर वास गर्नुभयो ।
आगौं कथा अर्को अध्यायमा
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
सतीदेवी यज्ञाग्नी प्रवेशो नामो षष्ठोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय ११ जय १११
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नम।

 

सम्बन्धित समाचार